लुम्बिनीको सांस्कृतिक महोत्सवमा अफ्रिकन भिक्षु

लुम्बिनीको सांस्कृतिक महोत्सवमा अफ्रिकन भिक्षु

अफ्रिकन मुलुकबाट पहिलोपटक रिम्पोछे बनेका कंगोका पन्नबोधि लुम्बिनीमा सम्पन्न ‘चौथो एसियन बौद्ध सांस्कृतिक महोत्सव,२०२५’ मा सहभागी भएका छन् । सारीपुत्र फाउण्डेशन र लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी भएर उनले दीप प्रज्वलन पनि गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १३ गते उद्घाटन गरी शुभारम्भ भएको कार्यक्रममा ५० बढी मुलुकका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा करिब ६० हजार दीप प्रज्वलन गरिएको थियो । सन् २०२१ मा पहिलोपटक कम्बोडियाबाट शुरु भएको कार्यक्रममा अफ्रिकाबाट तिब्बती बौद्ध गुरुको पुनःजन्मको मान्यता प्राप्त गरी इतिहास रचेका भिक्षु पन्नबोधिको निकै चर्चा भएको थियो ।
 

टिप्पणीहरू