साँझ पारेर भ्रष्टाचारीको कोठामा किन छिरे साँसदहरु ?

साँझ पारेर भ्रष्टाचारीको कोठामा किन छिरे साँसदहरु ?

बाहिर सुशासनको चर्को नारा लगाउने तर भित्रभित्र अनेक सेटिङ मिलाएर भ्रष्टचारीको संरक्षण गर्नेमा काँग्रेस-एमालेलगायत पुराना पार्टीलाई पनि माथ खुवाउनेगरी 'जान्नेलाई छान्ने पार्टी' अगाडि आएकै हो त ? सो पार्टीका एकजना सांसद भ्रष्टाचारको बात लागेका सरकारी कर्मचारीको कार्यक्षमा रातारात भेटिएपछि यस्तो प्रश्न उठेको हो । 

सहकारी काण्डमा जेल परेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नारा नै छ जान्नेलाई छान्ने । जान्नेलाई छान्ने भन्नुको अर्थ 'राइटमेन इन राइटप्लेस' को अवधारणाअनुरुप विषय विज्ञताका आधारमा जिम्मेवारी वितरण गर्नु हो । मूलधारका राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्ट मतदाताले गत निर्वाचनमा रास्वपाले उठाएको त्यही नारा मन पराएर घण्टीमा मत हालेका थिए ।

तर,समयक्रमसँगै रास्वपा 'नजान्नेलाई छान्ने' पार्टीमा रुपान्तरित हुँदै गरेको दृष्टान्त अनेक छन् । मूल नेतृत्व रवि स्वयंलाई चुनावमा उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र चाहिन्छ भन्ने न्यूनतम कुरा थाहा नहुँदा चितवन-२ मा दोहोर्याएर चुनाव गर्नुपर्यो । गैरसदस्यले सहकारीबाट ऋण लिन नपाउने कानुन आफूलाई थाहा नभएको भन्दै हिँड्ने पनि रवि नै हुन् । रास्वपाका अरु ठूलै नेताको अवस्था पनि योभन्दा फरक देखिंदैन । 

यसैबीच  सांसद विनिता कडायतले सँसदीय समितिबाटै भ्रष्टाचारको रिपोर्ट बुझाइएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) प्रदीप अधिकारीको कार्यकक्षमै पुगेर साँझ सुटुक्क भेटेपछि 'जान्नेलाई छान्ने' पार्टी फेरि चर्चामा आएको छ । 

अस्ति वैशाख २३ गते साँझ ७ बजे उनै अधिकारीको कार्यकक्षमा झुल्किएकी थिइन्, रास्वपा समानुपातिक सांसद विनिता । सिनामंगलस्थित प्राधिकरणको कार्यकक्षमा उनीसँगै कांग्रेस सांसद कान्तिका सेजुवाल र प्रदीपको भित्रिया पार्टनर भनेर चिनिएका क्षमादेवी  कन्स्ट्रक्सनका मालिक नवीन बस्नेतले गोप्य बैठक गरेको जानकार स्रोतले बताएको छ ।

प्रदीप तिनै व्यक्ति हुन्,जसउपर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सवा दुई अर्बभन्दा बढी रकम घोटाला गरेको आरोप छ । संसदीय समितिले घोटालामा संलग्न उनलाई तत्काल निलम्बन गरी छानविन अघि बढाउन निर्देशन दिएबमोजिम अनुसन्धान चलिरहेको छ । 

तर,अस्ति वैशाख २३ गते साँझ ७ बजे उनै अधिकारीको कार्यकक्षमा झुल्किएकी थिइन्, रास्वपा समानुपातिक सांसद विनिता । सिनामंगलस्थित प्राधिकरणको कार्यकक्षमा उनीसँगै कांग्रेस सांसद कान्तिका सेजुवाल र प्रदीपको भित्रिया पार्टनर भनेर चिनिएका क्षमादेवी  कन्स्ट्रक्सनका मालिक नवीन बस्नेतले गोप्य बैठक गरेको जानकार स्रोतले बताएको छ । 

संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिबाट कारवाही सिफारिस भएका 'भ्रष्टाचारको नाइके' लाई सांसदजस्तो पदमा रहेकाहरुले कार्यकक्षमै पुगेर आधारातमा भेटेको विषय वास्तवमै गम्भीर छ । त्यसमाथि सुशासनको नारा लगाएर आएको पार्टीका माननीयसमेत भेटिएपछि यो देशका नेता र तिनको हविगत नांगिएको टिप्पणी कतिपयले गरेका छन् । 

त्यसो त, मूल नेतृत्व नै सहकारी ठगीमा मुछिएको स्थितिले पछिल्लो समय अन्य पार्टीजस्तै रास्वपामाथि पनि जनताको विश्वास र भरोशा टुटिसकेको छ । सहायक प्रवक्ता तथा सांसद मनिष झाले प्रदीपलाई जोगाउन भित्रभित्र लबिङ्ग गरिरहेको उच्च स्रोतले दावी गरेको छ । सदाचारको कुरा गर्न खप्पिस उनी लेखा समिति सदस्य पनि हुन् । मनीषले पहिले एकचोटि प्रदीपको पैसामा टिकट काटेर हवाई यात्रा गरेका विषय निकै चर्चामा थियो । 

यता, पोखरा एयरपोर्ट घोटालामा कारबाही सिफारिस भएका राष्ट्रिय गौरव आयोजनाका निर्देशक चांदमाला श्रेष्ठ, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, प्राधिकरणका निर्देशक ई. बाबुराम पौडेल र पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीहरु 'प्रदीपले फसायो,अब सबैको पोल खोल्ने' हो भन्दै हिँडेको स्रोतको दावी छ ।

टिप्पणीहरू