खुँडा उचाल्दै राजावादीहरु

खुँडा उचाल्दै राजावादीहरु

पूर्व राजा ज्ञानेन्द्र शाहको प्रतिक खुँडा बनाइएकोमा राजावादीहरुले नै असन्तुष्टी पोख्न थालेका छन् । राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार डा. जगमान गुरुङले गोरखाको कालिका मन्दिरमा राजाको प्रतिक खुँडा स्थापना गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङले राजसंस्थाकै बदनाम हुने तरिकाले खुँडालाई राजाको प्रतिक करार गरेपछि टिकाटिप्पणी पनि उत्तिकै हुन थालेको छ । राजावादी आन्दोलनमा सक्रियमध्ये एक जना गुरुङले जगमानालाई सोधेका छन्, ‘बाजेले खुँडा देखाएर के गर्न खोजेको हो ? यस्तो प्रतिकले राजसंस्था फर्किन्छ र ?’ 

‘अलि राम्रो प्रतिक नभेटिएर खुँडा राखेको हो ? यसले कस्तो सन्देश दिन्छ, प्राज्ञजस्तो मान्छेले विचार गर्नुपर्दैन ? यो तरिकाले त आन्दोलन झन् कमजोर हुन्छ’
 

विष्ट थरका अर्का राजावादीले पनि हिन्दु राज्यको माग गर्नेले हिंसाको झल्को दिने प्रतिक राख्न नहुने प्रतिक्रिया दिएका छन् । ‘अलि राम्रो प्रतिक नभेटिएर खुँडा राखेको हो ? यसले कस्तो सन्देश दिन्छ, प्राज्ञजस्तो मान्छेले विचार गर्नुपर्दैन ? यो तरिकाले त आन्दोलन झन् कमजोर हुन्छ’, उनको भनाई छ । 

बलायर थरकी एक महिलाले भने हत्याहिंसा रुचाउने ज्ञानेन्द्रको प्रतिक खुँडा राखेकोमा सल्लाहकार गुरुङलाई धन्यवाद भन्दै कटाक्ष गरेकी छन् । ‘तीनकुने हत्याकाण्डबाट ज्ञानेन्द्र हिंसा लभर हुन् भन्ने प्रमाणित भइसक्यो’, उनले लेखेकी छन्, ‘मान्छेको प्रवृत्तिअनुसार सुहाउँदो प्रतिक छनोट गर्नुभएकोमा बाजेलाई धेरै धेरै धन्यवाद ।’

टिप्पणीहरू