चिनियाँ राजदूत रक्षा मन्त्रालयमा, अर्का कूटनीतिज्ञ संसदमा

चिनियाँ राजदूत रक्षा मन्त्रालयमा, अर्का कूटनीतिज्ञ संसदमा

अर्को हप्ता नेपाल आउन लागेको चिनियाँ उपसभामुखको भ्रमण तयारीका क्रममा सभामुख देवराज घिमिरेसँग दूतावासको टोलीले हिजो शिष्टाचार भेटवार्ता गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका राजनीतिक निर्देशक यु फङचङसहितको टोलीले हिजो दिउँसो सभामुख घिमिरेसँग संसद भवन,नयाँ बानेश्वर पुगेर भेट गरेको हो ।

आगामी १६ तारिखका दिन चिनियाँ संसद राष्ट्रिय जनकाँग्रेसका उपाध्यक्ष नेपाल आउने कार्यक्रम छ । हिजै चिनियाँ राजदूत छन सोङले रक्षामन्त्री मानवीर राईसँग भेटवार्ता गर्नुभएको छ ।

राजदूत छन् मन्त्री राईसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेटका लागि दिउँसो ३ बजे पुग्नुभएको थियो । भेट रक्षा सहयोग सम्बन्धमा केन्द्रित रहेको बुझिएको छ ।

टिप्पणीहरू