भारतीय दूतावासअगाडि ब्यानर प्रदर्शन (तस्वीरहरु)

भारतीय दूतावासअगाडि ब्यानर प्रदर्शन (तस्वीरहरु)

मानव अधिकार तथा शान्ति समाज नेपालले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको छ । 

आज बिहान लैनचौर पुगेर शान्ति समाजको ब्यानरमा अधिकारकर्मी कृष्ण पहाडीसहितको टोलीले प्रदर्शन गरेको हो । 'युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ' लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले युद्ध अन्त्य र शान्ति प्रवर्द्धन गर्न भारत र पाकिस्तान दुवै देशलाई आग्रह गरे । 

प्रदर्शनकारीले 'शान्तिको कुनै विकल्प हुँदैन', 'युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ', 'आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ?' लेखिएका प्लेकार्ड देखाएका थिए । 

त्यस्तै, 'अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ?' 'अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्', 'आतंकवाद सदैव निन्दनीय छ' जस्ता प्लेकार्ड पनि देखाइयो ।

तस्वीरहरु

 

टिप्पणीहरू