भारत र पाकिस्तानमा रहेको नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको रुलिङ

भारत र पाकिस्तानमा रहेको नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीहरुको सुरक्षाका लागि तत्काल पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा उहाँले दुवै देशमा रहेका नेपालीहरुको सुरक्षा सुनिश्चित गर्नको लागि आवश्यक कदम चाल्न सरकारलाई रुलिङ गर्नुभएको हो । आजको बैठकमा बोल्ने अधिकांश सांसदहरुले भारत-पाक तनाव र नेपालीहरुको सुरक्षाबारे चासो राखेका थिए । उनीहरुले सीमा सुरक्षामा कडाइ गर्न माग पनि गरेका छन् । 

सभामुखले बैठकमा भन्नुभयो, ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पुर्ण नेपालीहरुको सुरक्षा र पर्नसक्ने सम्भावित समस्याहरुप्रति आवश्यक पर्ने व्यवस्था गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

‘पाकिस्तानी आतंकवाद’ विरुद्ध भारतले ‘अपरेशन सिन्दुर’ सञ्चालन गरिसकेको छ । अस्ति मध्यराति भारतले एकएक पाकिस्तानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेपछि दुवै देशको अवस्था तनावपूर्ण छ । 

भारतले २७ विमानस्थल बन्द गरेर बिदामा बसेका सैनिकलाई काममा फिर्ता बोलाएको छ भने पाकिस्तानले पनि जवाफी रणनीति बनाइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टिप्पणीहरू