प्रदीप नेपालका कृति दुर्लभ दस्तावेज : राष्ट्रपति, नीतिनिष्ठ नेता : झलनाथ

प्रदीप नेपालका कृति दुर्लभ दस्तावेज : राष्ट्रपति, नीतिनिष्ठ नेता : झलनाथ

राष्ट्रपति रामचन्द्र पौडेलले स्वर्गीय एमाले नेता प्रदीप नेपालको परिवारलाई समवेदना सन्देश पठाउनुभएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले काँडाघरीस्थित नेपाल निवासमा पुगेर समवेदना सन्देश बुझाउनुभएको छ । 

सन्देशमा राष्ट्रपति पौडेलले वामपन्थी आन्दोलन र साहित्यमा स्वर्गीय नेपालको अविस्मरणीय योगदान रहेको उल्लेख गर्दै आगामी पुस्ताको निम्ति ऐतिहासिक र उदाहरणीय पात्रका रुपमा चित्रित गर्नुभएको छ । नेपालले लेखेका पुस्तकहरु मुलुक परिवर्तनको दुर्लभ दस्तावेज बन्ने उहाँको विश्वास छ । 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि नेता नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । आज निवासमै पुगेर उहाँले मृतकको फोटोमा माल्यार्पण गर्नुभएको छ । 

‘हामीले एक अनुशासित, दृढ, इमान्दार र नीतिनिष्ठ नेता गुमाएका छौँ’, उहाँले भन्नुभयो, ‘उहाँको असल विचार, सद्गुण र कार्यशैली सिकेर उहाँको सपना पूरा गर्न अघि बढौँ ।’

टिप्पणीहरू