भ्रष्टाचारीलाई भेट्दा खुशी हुने माननीयद्वारा पत्रकारमाथि धम्की

भ्रष्टाचारीलाई भेट्दा खुशी हुने माननीयद्वारा पत्रकारमाथि धम्की

भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई भेटेर सगौरव फेसबुकमा फोटो हाल्ने नेपाली कांग्रेसकी एक सांसदले त्यससम्बन्धी समाचार लेखेकोमा आपत्ति जनाउँदै पत्रकारलाई हप्काएकी छन् । 

जुम्लाकी समानुपातिक सांसद कान्तिका सेजुवालले माननीयको धाक लगाउँदै जनआस्थाका पत्रकारलाई आज दिउँसो टेलिफोनबाट हप्कीदप्की गरेकी हुन् । सार्वजनिक ओहदामा रहेकी उनले आइन्दा आफ्नोबारे कुनै समाचार लेखिए राम्रो नहुने धम्कीपूर्ण चेतावनीसमेत दिएकी छन् ।  

वैशाख २५ गते जनआस्था अनलाइनमा 'साँझ पारेर भ्रष्टाचारीको कोठामा किन छिरे साँसदहरु ?'  शीर्षकमा समाचार सम्प्रेषित भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटालामा पछिल्लो एक वर्षदेखि अख्तियारको छानविनमा रहेका र हालै संसदीय समितिबाट कारवाही सिफारिस भएका नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का महानिर्देशक (डिजी) प्रदीप अधिकारीलाई जुम्लाको पूर्व मेयरसहित रहेकी उनी र रास्वपा सांसद बिनिता कठायतले भेटेको विषय समाचारमा उल्लेखित छ । 

सेजुवाल आफैँले प्रदीपलाई भेटेको कुरा गर्वका साथ फोटोसहित फेसबुकमा हालेकी थिइन् । त्यसैको आधारमा बनाइएको समाचारमा भेटेको विषयबाहेक उनको अन्य भूमिकामाथि कुनै प्रश्न उठाईएको छैन । उनले आज टेलिफोन संवादका क्रममा पनि प्रदीपलाई कार्यकक्षमै पुगेर भेटेको स्वीकार गर्दै समाचार लेखिएकोमा मात्र आपत्ति जनाइन् । 

जो व्यक्ति संसदको नजरमा भ्रष्टाचारी हुन्,तिनैलाई सांसदले गोप्यरुपमा भेट्नु स्वार्थको द्वन्द्व या नैतिक हुन्छ कि हुँदैन ? मिडियाले उठाएको प्रश्न यदि गलत हो भने तथ्यसहित खण्डन गर्न सांसद सेजुवाललाई चुनौती भयो  ।

प्रत्यक्ष निर्वाचित साँसद ज्ञानबहादुर शाहीलाई पन्छाएर जुम्ला विमानस्थलका लागि बजेट मिलाइदिन डिजीसँग भेटेको उनले धम्क्याउँदा धम्क्याउँदै पनि स्वीकार गरेकी छन् । त्यसैले समाचारको तथ्यमा खण्डन गर्न नसकेपछि प्रस्तुतिमा प्रश्न उठाएर मिडियामाथि 'आक्रमण' गर्न खोजेको प्रष्ट हुन्छ । 

क्यानका डिजी प्रदीपमाथि पोखरा विमानस्थल निर्माणका क्रममा अर्बौं रकम घोटाला गरेको आरोप छ । संसदको सार्वजनिक लेखा समितिअन्तर्गत उपसमितिले उनको पद निलम्बन गरी आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाउन अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग र सरकारलाई सिफारिस गरेको छ । 

जो व्यक्ति संसदको नजरमा भ्रष्टाचारी हुन्,तिनैलाई सांसदले गोप्यरुपमा भेट्नु स्वार्थको द्वन्द्व या नैतिक हुन्छ कि हुँदैन ? मिडियाले उठाएको प्रश्न यदि गलत हो भने तथ्यसहित खण्डन गर्न सांसद सेजुवाललाई चुनौती भयो  । 

अर्को कुरा,समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्ने  विकल्प खुलै छ । तर,सांसदजस्तो पदमा रहेको मान्छेले 'म माओवादीसँग लडेर आएको मान्छे हुँ,मेरो समाचार किन लेखिस्' भन्दै सञ्चारकर्मीलाई तर्साउन मिल्छ ? आफूलाई लोकतन्त्रको पर्याय दावी गर्ने कांग्रेसले जवाफ दिनुपर्ने भएको छ । 

यस्तो थियो समाचार :

बाहिर सुशासनको चर्को नारा लगाउने तर भित्रभित्र अनेक सेटिङ मिलाएर भ्रष्टचारीको संरक्षण गर्नेमा काँग्रेस-एमालेलगायत पुराना पार्टीलाई पनि माथ खुवाउनेगरी 'जान्नेलाई छान्ने पार्टी' अगाडि आएकै हो त ? सो पार्टीका एकजना सांसद भ्रष्टाचारको बात लागेका सरकारी कर्मचारीको कार्यक्षमा भेटिएपछि यस्तो प्रश्न उठेको हो । 

सहकारी काण्डमा जेल परेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नारा नै छ जान्नेलाई छान्ने । जान्नेलाई छान्ने भन्नुको अर्थ 'राइटमेन इन राइटप्लेस' को अवधारणाअनुरुप विषय विज्ञताका आधारमा जिम्मेवारी वितरण गर्नु हो । मूलधारका राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्ट मतदाताले गत निर्वाचनमा रास्वपाले उठाएको त्यही नारा मन पराएर घण्टीमा मत हालेका थिए ।

पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीहरु 'प्रदीपले फसायो,अब सबैको पोल खोल्ने' हो भन्दै हिँडेको स्रोतको दावी छ ।

तर,समयक्रमसँगै रास्वपा 'नजान्नेलाई छान्ने' पार्टीमा रुपान्तरित हुँदै गरेको दृष्टान्त अनेक छन् । मूल नेतृत्व रवि स्वयंलाई चुनावमा उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र चाहिन्छ भन्ने न्यूनतम कुरा थाहा नहुँदा चितवन-२ मा दोहोर्याएर चुनाव गर्नुपर्यो । गैरसदस्यले सहकारीबाट ऋण लिन नपाउने कानुन आफूलाई थाहा नभएको भन्दै हिँड्ने पनि रवि नै हुन् । रास्वपाका अरु ठूलै नेताको अवस्था पनि योभन्दा फरक देखिंदैन । 

यसैबीच  सांसद विनिता कडायतले सँसदीय समितिबाटै भ्रष्टाचारको रिपोर्ट बुझाइएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) प्रदीप अधिकारीको कार्यकक्षमै पुगेर साँझ सुटुक्क भेटेपछि 'जान्नेलाई छान्ने' पार्टी फेरि चर्चामा आएको छ । 

प्रदीप तिनै व्यक्ति हुन्,जसउपर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सवा दुई अर्बभन्दा बढी रकम घोटाला गरेको आरोप छ । संसदीय समितिले घोटालामा संलग्न उनलाई तत्काल निलम्बन गरी छानविन अघि बढाउन निर्देशन दिएबमोजिम अनुसन्धान चलिरहेको छ । 

तर,अस्ति वैशाख २३ गते साँझ ७ बजे उनै अधिकारीको कार्यकक्षमा झुल्किएकी थिइन्, रास्वपा समानुपातिक सांसद विनिता । सिनामंगलस्थित प्राधिकरणको कार्यकक्षमा उनीसँगै कांग्रेस सांसद कान्तिका सेजुवाल र प्रदीपको भित्रिया पार्टनर भनेर चिनिएका क्षमादेवी  कन्स्ट्रक्सनका मालिक नवीन बस्नेतले गोप्य बैठक गरेको जानकार स्रोतले बताएको छ । 

जो व्यक्ति संसदको नजरमा भ्रष्टाचारी हुन्,तिनैलाई सांसदले गोप्यरुपमा भेट्नु स्वार्थको द्वन्द्व या नैतिक हुन्छ कि हुँदैन ? मिडियाले उठाएको प्रश्न यदि गलत हो भने तथ्यसहित खण्डन गर्न सांसद सेजुवाललाई चुनौती भयो  ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिबाट कारवाही सिफारिस भएका 'भ्रष्टाचारको नाइके' लाई सांसदजस्तो पदमा रहेकाहरुले कार्यकक्षमै पुगेर भेटेको विषय वास्तवमै गम्भीर छ । त्यसमाथि सुशासनको नारा लगाएर आएको पार्टीका माननीयसमेत भेटिएपछि यो देशका नेता र तिनको हविगत नांगिएको टिप्पणी कतिपयले गरेका छन् । 

त्यसो त,मूल नेतृत्व नै सहकारी ठगीमा मुछिएको स्थितिले पछिल्लो समय अन्य पार्टीजस्तै रास्वपामाथि पनि जनताको विश्वास र भरोशा टुटिसकेको छ । सहायक प्रवक्ता तथा सांसद मनिष झाले प्रदीपलाई जोगाउन भित्रभित्र लबिङ्ग गरिरहेको उच्च स्रोतले दावी गरेको छ । सदाचारको कुरा गर्न खप्पिस उनी लेखा समिति सदस्य पनि हुन् । मनीषले पहिले एकचोटि प्रदीपको पैसामा टिकट काटेर हवाई यात्रा गरेका विषय निकै चर्चामा थियो । 

यता,पोखरा एयरपोर्ट घोटालामा कारबाही सिफारिस भएका राष्ट्रिय गौरव आयोजनाका निर्देशक चांदमाला श्रेष्ठ,प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल,प्राधिकरणका निर्देशक ई. बाबुराम पौडेल र पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीहरु 'प्रदीपले फसायो,अब सबैको पोल खोल्ने' हो भन्दै हिँडेको स्रोतको दावी छ ।

यो पनि...

साँझ पारेर भ्रष्टाचारीको कोठामा किन छिरे साँसदहरु ?

टिप्पणीहरू