लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गते

लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गते

लुम्बिनी प्रदेश सभाको बैठक बोलाइएको छ । आउँदो वैशाख ३१ गते दिँउसो १ बजे छैठौं अधिवेशनको पहिलो बैठक डाकिएको हो । 

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेको सचिव दुर्लभकुमार पुन मगरले बताए । बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा बस्नेछ । 

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूबाट लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन सम्बत् २०८२ साल वैशाख ३१ गते बुधबार दिनको १ बजे बस्नेगरी आह्वान भएको...’,जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू