प्रधानमन्त्री भोलि बिहान जाने, चिनियाँ राजदूत आजै पुग्ने
प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको अवसरमा भोलि लुम्बिनीमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम बनेको छ । सोही कार्यक्रममा सहभागी हुन नेपालका लागि चिनियाँ राजदूत छन सोङ आजै त्यता जाने तयारी छ ।
प्रधानमन्त्री भोलि बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरमा बालुवाटारबाट सोझै लुम्बिनी पुग्नुुहुने छ ।
पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने आज १० बजे बुद्ध एअरको उडानमा विराटनगर जाँदै हुनुहुन्छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर बिहान पोखरा हुँदै जन्मथलो पर्वतको फलेवास,श्रममन्त्री शरदसिंह भण्डारी दिउँसो जनकपुर, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अपरान्ह जनकपुर र मुख्य सचिव एकनारायण अर्याल अहिले बिहान पोखराबाट काठमाडौं आउने कार्यक्रम छ ।
रक्षामन्त्री मानवीर राई साँझ ६ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै जर्मनी जाने र गृहसचिव गोकर्णमणि दुवाडी कोलम्बोबाट मध्यान्ह काठमाडौं आउने मन्त्रालय स्रोतले जनाएको छ ।
टिप्पणीहरू