भुटानी हेडसर र मिस नेपाली गीतमा छमछम

भुटानी हेडसर र मिस नेपाली गीतमा छमछम

भुटानको एउटा विद्यालयका प्रधानाध्यापक र शिक्षिकाले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका छन् ।   विद्यालयको औपचारिक कार्यक्रममा हेडसर र शिक्षिका युदेन नेपाली चलचित्र कान्छीको गीतमा नाचेका हुन् ।

भुटानले नेपाली भाषी नागरिकमाथि अत्याचार गर्दै साढे तीन दशकअघि देश निकाला गरे पनि अहिले भुटानभित्र नेपाली गीत संगीतको माग बढ्दो छ । गत वर्ष पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको क्रममा पनि रात्रिभोजपछि आयोजित सांस्कृतिक कार्यक्रममा नेपाली गीत बजाएर भुटानी र नेपालीहरु नाचेका थिए ।

टिप्पणीहरू