सिके राउतको एनआरएमए पुनर्गठन गरिँदै

सिके राउतको एनआरएमए पुनर्गठन गरिँदै

सिके राउत नेतृत्वको जनमत पार्टीले आफूनिकट गैरआवासीय मधेशी संघ (एनआरएमए) को अन्तर्राष्ट्रिय समिति पुनर्गठन गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तीन महिनाभित्र समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । 

विभिन्न समस्या देखिएकाले समिति पुनर्गठन गर्न लागिएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए । उनका अनुसार सो अवधिमा विभिन्न मुलुकका इञ्चार्जसँग वार्ता गरेर समितिलाई प्रभावकारी बनाइनेछ । 

‘केन्द्रीय सचिवालय समितिको निर्णयानुसार एनआरएमए अन्तर्राष्ट्रिय समितिमा विभिन्न समस्याहरु देखिएकोले सोको लागि विभिन्न देशका इञ्चार्जहरु तथा अन्तर्राष्ट्रिय समितिको बैठक बसी आवश्यक छलफल गरी अन्तर्राष्ट्रिय समितिलाई प्रभावकारी बनाउनका लागि तीन महिनाभित्र पुनर्गठन हुनेबारे जानकारी गराउँदछौं’,विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू