विदेशीहरुको जमघट लुम्बिनीमा, जनप्रतिनिधि विदेशमा

विदेशीहरुको जमघट लुम्बिनीमा, जनप्रतिनिधि विदेशमा

लुम्बिनीमा बुद्ध जयन्तीको माहौल बनेपछि रुपन्देहीका जन प्रतिनिधिहरु बुद्ध जयन्ती मनाउन थाइल्याण्ड पुगेका छन् । २५६९औं बुद्धजयन्ती हिजो लुम्बिनीमा विशेष उत्सवका साथ मनाइएको छ । तर कार्यक्रममा उपस्थित हुनुपर्ने बुद्ध परिपथका स्थानीय जनप्रतिनिधि भने थाइल्याण्ड घुमघाममा व्यस्त देखिन्छन् ।

बुद्धजयन्ती समारोहमा विश्वका बुद्ध धर्मावलम्बीहरु भ्याइनभ्याइका साथ आइपुग्दा स्थानीय तहका जनप्रतिनिधिहरु विदेश जानुले सो क्षेत्रको पर्यटन विकासमा उनीहरुको सोच र योगदानलाई स्पष्ट पारेको कतिपयको बुझाइ छ । थाइ सरकारको निमन्त्रणामा गएको टोलीमा रुपन्देहीका चार वटा नगरपालिकाबाट पाँच जना छन् । 

मुलुककै नमूनाका रूपमा गत शुक्रबार र शनिबार आयोजना गरेको  तिलोत्तमा दलित ज्ञान उत्सवमा स्वयम् उपप्रमुख चौधरी थिइनन् । कार्यक्रममा थाइल्याण्ड  सरकारले निमन्त्रणा गरे पनि आतेजाते खर्च नगरपालिकाहरुले व्यहोरेको बताइन्छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन,सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खांन र उपप्रमुख उमा अधिकारी,तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी र देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ थाइल्याण्ड पुगेका छन् । बुद्ध जयन्ती अगाडि वा पछाडि विदेश भ्रमण गर्नुपर्नेमा बुद्ध जयन्तीकै दिन पारेर उनीहरु विदेश जानुलाई राजनीतिक र धार्मिक क्षेत्रमा शोभनीय ठानिएको छैन ।

तिलोत्तमा नगरपालिकाले मुलुककै नमूनाका रूपमा गत शुक्रबार र शनिबार आयोजना गरेको  तिलोत्तमा दलित ज्ञान उत्सवमा स्वयम् उपप्रमुख चौधरी थिइनन् । कार्यक्रममा थाइल्याण्ड  सरकारले निमन्त्रणा गरे पनि आतेजाते खर्च नगरपालिकाहरुले व्यहोरेको बताइन्छ ।

टिप्पणीहरू