‘होली वाइन’ यतातिर पनि सक्रिय

होलि वाइनको रुपमा परिचित एमाले सांसद एकनाथ ढकाल आज फेरि बालुवाटार पुगेका छन् । नेपाल परिवार दलको अध्यक्ष हुँदाहुँदै एमालेको सांसद रहेका उनी केही मलेसियाली सांसद र एक जना जापानी बोकेर प्रधानमन्त्रीसँग भेट गर्न गएका हुन् ।
कोरियाली क्रिस्चियन संस्था युनिभर्सल पिस फेडरेसन नेपालका प्रमुख ढकालले अचम्मका संस्थामा रहेको संलग्नताका कारण विभिन्न दलका नेता, सभामुख तथा सांसद, सञ्चारकर्मीहरुलाई अनेक बहानामा विदेश घुमाउने गरेका छन् । उनले आफूलाई साउथ एसिया पिस इनिसिएटिभको संयोजक, कोरियाको सुन मुन विश्वविद्यालयको ग्लोबल भाइस प्रेसिडेन्ट, इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टरियन्स फर पिसको अध्यक्ष र युनिर्भसल पिस फेडरेसनको एसिया प्यासिफिकको पनि प्रमुख रहेको बताइन्छ ।
काठमाडौंमा भएको भनिएको उनी अध्यक्ष रहेको ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी) का सहभागीलाई प्रधानमन्त्रीसँग भेटाइदिन बालुवाटार पुगेको भनिएको छ । प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आइएससीसँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको ढकालले बताएका छन् ।
उनीसँग मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । जापानका आइएससी सल्लाहकार मासाइची होरी एमाले सचेतक सुनिता बराल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल पनि सँगै थिए ।
त्यसअवसरमा ढकालले आफू आइएससीको महासचिवमा निर्वाचित भएको जानकारी गराएका थिए ।
उनले राजधानीमा एक हुल विदेशी सांसद जम्मा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीक दंग पर्नुभएको एमाले नेताहरु बताउँछन् । भेटमा प्रधानमन्त्रीले विदेशी सांसदहरुसामु ढकालको खुब प्रशंसा गर्नुभएको बुझिएको छ ।
टिप्पणीहरू