काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको जलेर मृत्यु
काठमाडौंको भित्री शहर मखन टोलमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । मखन टोलस्थित दयाराम श्रेष्ठको घरमा एक्कासी लागेको आगो जोडिएको घरमा समेत सल्केको छ ।
प्रहरीका अनुसार ग्याँस लिक भएर आगलागी भएको हो । कच्ची घरमा लागेको आगो सँगैको रुकेश श्रेष्ठको पक्की घरमा समेत सल्केको छ ।
आगो निभाउन काठमाडौं र ललितपुर महानगरका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महानगर प्रहरी, स्थानीय खटिएका छन् ।
टिप्पणीहरू