रविन्द्र मिश्रको हकमा कारण देखाऊ

रविन्द्र मिश्रको हकमा कारण देखाऊ

राज्यविरुद्धको कसूर,संगठित अपराध र आपराधिक उपद्रवको कसूरमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गरेको हो । 

त्यसैगरी, अदालतले बन्दीसहित उपस्थित हुन पनि भनेको छ । गत चैत १५ गते विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ‘कमाण्डर’ रहेको राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा समातिएका उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै श्रीमती सारिका कार्कीले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

न्यायाधीश पोखरेलको १० नम्बर इजलासले आज सुनुवाईपछि कारण देखाऊ र बन्दीसहित उपस्थित हुने आदेश दिएको हो । मिश्रमाथि हिजो आठौंपटक म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू