रुस–युक्रेन शान्तिवार्तामा जेलेन्स्की जाने, पुटिन मस्कोमै बस्ने

रूस र युक्रेनबीच टर्कीको इस्तानबुलमा शान्तिवार्ता हुन लागेको छ । वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएपछि शान्तिवार्ताको फलदायी परिणामबारे आशंका गरिएको छ ।
युक्रेन युद्धपछि इस्तानबुलमा पहिलो पटक शान्तिवार्ता हुन लागेको हो । रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्ने बताइएको छ । जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताको अपेक्षा गरेका थिए ।
जेलेन्स्कीले इस्तानबुलमा वार्ताअघि टर्कीको राजधानी अङ्कारामा राष्ट्रपति रेचेप तैयप एर्दोगानसँग भेटवार्ता गर्दैछन् । त्यसपछि शान्तिवार्तामा युक्रेनी टोलीको नेतृत्व गर्दै इस्तानबुल जाने कार्यक्रम छ ।
दुई मुलुकबीच युद्ध लगत्तै मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता भएको थियो ।
टिप्पणीहरू