अरुणाचलका केही भागलाई चीनले ‘दक्षिण तिब्बत’ भनेपछि भारत आक्रोशित

अरुणाचलका केही भागलाई चीनले ‘दक्षिण तिब्बत’ भनेपछि भारत आक्रोशित

भारतको उत्तरपूर्वी राज्य अरुणाचल र चीनको सीमा क्षेत्रका कतिपय स्थानमा थि परस्पर विरोधी दाबी छ । चीनले आफ्नो भूभाग रहेको बताउँदै आएको उक्त स्थानलाई भारतले पनि आफ्नो भन्न छाडेको छैन । 

चीनको नागरिक मामिला (गृह) मन्त्रालयले यो साताको शुरुमा जारी गरेको विवरणप्रति भारतीय विदेश मन्त्रालयले गत मंगलबार चासो देखाउँदै प्रतिक्रिया जनाएको छ । चीनले आफ्नो भूमि भन्ने गरेको २७ स्थानलाई नयाँ नाम दिइएको औपचारिक जानकारी गराएको छ । 

चीनले ‘चाङनान’ भन्न थालेको सो क्षेत्रको अर्थ चिनियाँ भाषामा ‘दक्षिण तिब्बत’ भन्ने हुन्छ । चीनको उक्त दाबीपछि भारतीय विदेश मन्त्रालका प्रवक्ता रणधीर जैसवालले भनेका छन्, ‘हामीले उक्त दाबीलाई जानकारीमा लिएका छौं । अरुणाचल प्रदेशका कुनै पनि भूभागको नयाँ नाम राख्ने हक अरुलाई छैन । उक्त भूभाग हिजो,आज र भोलि भारतकै थियो, छ र हुने छ ।’

चीनले यस पटक १२ उच्च हिमाल,चार नदी,एउटा ताल, एउटा हिमाली घाटी र ११ मानव बस्ती र एउटा समथर भूमिलाई समेटेर दक्षिण तिब्बतको अर्थ लाग्ने ‘चाङनान’ भनेको हो ।

भारतले चीनमाथि उक्त प्रदेशका केही स्थानको नाम चिनियाँ भाषामा छुट्टै राख्न गरेको प्रयास योसमेत पाँचौ भएको आरोप लगाएको छ । सन् २०१७, २०२१, २०२३ र २०२४ को अप्रिलमा पनि चीनले यसैगरी आफ्नो तरिकाले नयाँ नाम दिएको भारतीय समाचार एजेन्सी इण्डिया न्युज नेटवर्कले जनाएको छ । समाचारमा जनाइएअनुसार चीनले यस पटक १२ उच्च हिमाल,चार नदी,एउटा ताल, एउटा हिमाली घाटी र ११ मानव बस्ती र एउटा समथर भूमिलाई समेटेर दक्षिण तिब्बतको अर्थ लाग्ने ‘चाङनान’ भनेको हो ।

चीन र भारतबीच तीन हजार ८०० किलोमीटर लामो सीमा जोडिएको छ । सन् १९६२ मा दुई मुलुकबीच सीमा विवादलाई लिएर घमासान युद्ध भएको थियो । पूर्वी लदाख र अरुणाचलको पश्चिम भागमा बढी विवाद हुँदै आएको छ । सन् २०२० मा गलवान उपत्यकामा भएको तनावमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको भारतको दाबी छ ।

टिप्पणीहरू