इन्स्पेक्टरले जवान कुट्ने,एसपीले छानबिन गर्ने

इन्स्पेक्टरले जवान कुट्ने,एसपीले छानबिन गर्ने

ट्राफिक प्रहरीले प्रहरी जवान कुटेको घटनामाथि छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीले समिति गठन गरेको छ । उपरीक्षक (एसपी) पदमबहादुर विष्टको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । 

सदस्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नायव उपरीक्षक (डिएसपी) लोकेन्द्रसिंह गुरु,जिल्ला प्रहरी परिसर,काठमाडौंका निरीक्षक (इन्स्पेक्टर) डिल्लीबहादुर खड्का, काठमाडौं उपत्यका प्रहरी कार्यालयका सहायक निरीक्षक मनिष कार्की र प्रहरी सहायक हवल्दार विपिन सुनार रहेका छन् । कार्यालयले स्थलगत अनुगमन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ ।

गत वैशाख ३१ गते ट्राफिक प्रहरी प्रभाग,नागढुंगामा कार्यरत प्रहरी निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग,मातातीर्थमा दरबन्दी भई प्रहरी प्रभाग,नागढुंगामा कार्यरत प्रहरी जवान मदनराज खड्कालाई ड्यिुटीमै कुटेका थिए । सडकमै चड्कन लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यसपछि छानबिनका लागि प्रहरीले दुवै जनालाई जिम्मेवारीबाट हटाएको छ ।

 

टिप्पणीहरू