प्रधानमन्त्रीलाई हात मिलाएर भ्याई नभ्याई

प्रधानमन्त्रीलाई हात मिलाएर भ्याई नभ्याई

प्रधानमन्त्री केपी शर्मा ओली विदेशी पाहुनासँग भेटघाटमा व्यस्त देखिनुभएको छ । सगरमाथा संवादका लागि काठमाडौँ आएका विभिन्न देशक र अन्तराष्ट्रिय संघ संस्थाका उच्च नेतृत्वलाई प्रधानमन्त्रीले पालैपालो भेटिरहनुभएको छ । 

प्रधानमन्त्री ओली र बंगलदेशका समाज कल्याणमन्त्री शर्मिन सोनिया मुर्सीदबीच दिउँसो शिष्टाचार भेटवार्ता भएको थियो । सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आयात-निर्यातको विषयमा छलफल भएको बताइएको छ । 

त्यसपछि विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रायसरलाई प्रधानमन्त्रीले शिष्टाचार भेट दिनुभयो । पौने घण्टा लामो भेटमा नेपालको आर्थिक वृद्दि, गरिबी निवारण, विकास परियोजना लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । 

त्यस्तै, संयुक्त राष्ट्रसंघ एसिया प्रशान्त क्षेत्र आर्थिक तथा सामाजिक आयोगकी उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबाना पनि प्रधानमन्त्री ओलीलाई भेट्न बिहान बालुवाटार पुग्नुभएको थियो ।

यसअघि हिजो प्रधानमन्त्री ओली र चिनियाँ जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जीबीच पनि शिष्टाचार भेटवार्ता भएको थियो ।

टिप्पणीहरू