हावाहुरीबाट नवलपरासी र कपिलवस्तुमा दुईको मृत्यु, थुप्रै घाइते
नवलपरासी (पश्चिम)मा ठूलो हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएको बताइएको छ ।
घाइतेहरुलाई नजिकैको हस्पिटलमा पठाइएको स्थानीय पत्रकार स्वास्तिक धिमालले जानकारी दिए । उनका अनुसार हावाहुरी चलेपछि उनीहरु ओत लाग्न सडक छेउको चौतारोमा उभिएका थिए । तर रुख ढलेर थिचेपछि एक जनाको ज्यान गएको हो ।
उता कपिलवस्तुमा पनि रुखले च्यापिएर १४ वर्षीय बालिकाको मृत्यु भएको छ । दिउँसो आएको हावाहुरीले रुख ढालेको र च्यापिएर घाइते भएकी उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
चितवन, पर्सा ,कास्की, रुपन्देहीलगायत धेरै स्थानमा आज हावाहुरी चलेको छ ।
टिप्पणीहरू