काँग्रेस कर्मचारीहरुको महाधिवेशन नौ महिनापछि

काँग्रेस कर्मचारीहरुको महाधिवेशन नौ महिनापछि

नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय महाधिवेशन आगामी माघमा हुने भएको छ । माघ ५, ६ र ७ गते राजधानीमा महाधिवेशनको आयोजना गर्न लागिएको युनियनले जनाएको छ । युनियनका अनुसार महाधिवेशनलाई लक्षितगरी जेठ १० गतेदेखि असोज मसान्तसम्म सदस्यता वितरण तथा नविकरण प्राथमिक कार्यसमिति गठन र स्थानीय कार्यसमितिको अधिवेशन गरिनेछ । 

त्यसैगरी, आगामी कात्तिक मसान्तभित्र जिल्ला र प्रदेश विभागीय कार्यसमितिको विभागीय अधिवेशन सम्पन्न गर्ने, मंसिरमा विभागीय समन्वय प्रदेश अधिवेशनको आयोजना गर्ने जानकारी दिइएको छ । सबै जिल्ला र प्रदेश विभागीय समितिलाई असोजभित्र र केही कारणबस् बाँकी रहने समितिलाई अधिवेशन सकाएको एक साताभित्र विवरण पठाउन निर्देशन दिइएको छ । 

‘अधिवेशन सम्पन्न भई विवरण पठाउन बाँकी रहेका जिल्ला विभागीय–प्रदेश विभागीय कार्यसमितिले २०८२ आषाढ मसान्तभित्र र अधिवेशन सम्पन्न हुन बाँकी जिल्ला विभागीय–प्रदेश विभागीय कार्यसमितिले अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र तपसिलबमोजिम कागजातहरु अनिवार्य रुपमा पठाउनुहुन समेत जानकारी गरिन्छ’,आज जारी विज्ञप्तिमा उल्लेख छ । 

क्रियाशील सदस्यताको सक्कल फाराम र साधारण सदस्यताको अर्धकट्टी, सदस्यता शुल्क जम्मा गरेको भौचरको छायाँप्रति, अधिवेशन उद्घाटन तथा बन्द सत्रमा उपस्थितहरुको विवरणलगायतका कागजात पठाउन भनिएको छ ।
 

टिप्पणीहरू