डा. विश्व पौडेल गभर्नर नियुक्त
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा पौडेललाई नियुक्त गरेको छ ।
चैत २५ गतेदेखि रिक्त गभर्नर नियुक्तिका लागि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अपरान्ह तीन जनाको नाम सिफारिस गरेको थियो । कायममुकायम गभर्नर डेपुटी निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नामसहित सिफारिस भएकोमा पौडेल नियुक्त भएका हुन् ।
गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ । पौडेलको नियुक्तिपछि निलम कायम मुकायम गभर्नरबाट डेपुटीमा सीमित भएकी छन् ।
टिप्पणीहरू