हिरोइनको बिकिनी अवतारले दुई हिरो ओझेलमा

सन् २०२३ मा रिलिज भएको बलिउडमा फिल्म ‘एनिमल’मा अभिनेता बबि देओलको भूमिका १५ मिनेट मात्र थियो, त्यो पनि भिलेनको भूमिकामा । तर, जबर्जस्त अभिनयले छोटो भूमिकाबाट पनि उनले दमदार कम ब्याक गरे ।
सुपरहिट चलचित्र ‘बाहुबली’मा रमैया क्रिसनको महिष्मतिको भूमिका पनि त्यति लामो थिएन, तर उनले आगो लगाइन् । यस्ता अनेकौँ उदाहरण छन् जसले कलाकारलाई हिट हुन फिल्ममा संवाद र भूमिका लामो होइन सशस्क्त अभिनय चाहिन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।
अभिनेत्री कियारा आडवानीलाई पनि यतिबेला धेरैले त्यस्तै लक्की र भेट्रान कलाकार भनिरहेका छन् । बहुप्रतिक्षित फिल्म ‘वार २’ को टिजर सार्वजनिक भएपछि कियाराको चर्चाले सामाजिक सञ्जाल तातेको हो ।
त्यसो त टिजरमा अभिनेताद्वय ऋत्तिक रोशन र जुनियट एनटिआर हावी छन् । कियारको दृश्य निकै कम छ । तर, उनले छोटो दृश्यमा पनि जुन पर्फमेन्स देखाएकी छन्, त्यसले यतिबेला भारतसहित विभिन्न देशका मनोरञ्जन क्षेत्रमा धमाका मच्चाइरहेको देखिन्छ । भारतीय सञ्चारमाध्यममा उनी ‘हटकेक’ बनेकी छन् ।
सार्वजनिक टिजरमा कियारको बिक्नी अवतार देख्न सकिन्छ । गर्भवती रहेकी उनले कसरी आफ्नो शरिरलाई यतिसम्मको मेन्टेन गरिन् ? दर्शकहरुले जिज्ञासा राखिरहेका छन् । नुहिर खानले लेखेका छन्, ‘यो तिम्रो करिअरकै सबैभन्दा उत्कृष्ट पर्फमेन्स हो । तिम्रो शरीरमा बिक्नी होस् वा सारी, त्यसले म्याटर गर्दैन ।’
कियाराको बिक्नी अवतारलाई लिएर कतिपयले आलोचना पनि गरेका छन् । प्रतिष्ठित फिल्म निर्देशक रामगोपाल बर्माले अश्लीलता फैलाएको भन्दै आलोचना गरेका छन् । यद्यपि, कियाराका समर्थकहरुको गालीपछि उनले समाजिक सञ्जालबाट अहिले स्टाटस हटाएका छन् ।
टिप्पणीहरू