एमालेको उत्पीडित समाजमा विश्वकर्मा पौडेल
सत्तारुढ नेकपा (एमाले) निकट उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा मनोहर विश्वकर्मा पौडेल चुनिएका छन् ।
मुक्ति समाजको ७औँ राष्ट्रिय सम्मेलनले उनीलाई सर्वसम्मत रुपमा दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । अध्यक्षसहित अन्य पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यहरु पनि छानिएको जानकारी निर्वाचन कमिटीले दिएको छ ।
जसअनुसार मैना अछामी र निर्मल देउला उपाध्यक्ष बनेका छन् भने अनुभूतिबम नेपालीलाई महासचिव हात लागेको छ । उपमहासचिवमा सोमनाथ पोर्तेल छनोट भएका छन् ।
चार जना सचिवमा टेक घतानी, तेजकुमार विक (प्रचार), कल्पना बराल (अर्थ) र मानदेव हजरा चयन भएको बताइएको छ ।
त्यस्तै, अनुशासन आयोगको अध्यक्षमा अफिलाल ओखेडा, उपाध्यक्षमा गोविन्द पासवान र सचिवमा कृष्ण नेपाली छानिएका छन् । निर्वाचन आयोगको अध्यक्ष, उपाध्यक्ष र सचिव क्रमश: सुन्दर विश्वकर्मा, शान्ति वर्मा र जयबहादुर विकको भागमा परेको छ ।
लेखा आयोगमा गोपाल परियार अध्यक्ष, कुमार विश्वकर्मा उपाध्यक्ष र नरेन्द्र भित्रीकोटी सचिव बनेका छन् । तीनवटै आयोगमा १५ जना सदस्य छन् ।
सम्मेलनले नन्द विश्वकर्मा अध्यक्ष रहेको केन्द्रीय सल्लाहकार परिषद पनि निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमला विश्वकर्मा र सचिवमा धन बहादुर नेपाली छन् ।




टिप्पणीहरू