केबलकारको शौचालयमा लडेका भारतीय पर्यटक बिते
मनकामना मन्दिर दर्शन गर्न जान लागेका भारतीय पर्यटकको केबलकारको बेस स्टेशनस्थित शौचालयमा लडेर ज्यान गएको छ ।
बिहान साढे ८ बजे चितवनको कुरिनटारस्थित केबलकार परिसरको शौचालयमा लडेका भारतको गुजरात पालनपुरका ६२ वर्षे मन्नुप्रसाद भट्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शौचालयमा लडेपछि उनी अचेत भएका थिए । त्यसपछि नजिकैको आधारभूत अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनले प्राण त्यागेका हुन् ।
टिप्पणीहरू