नारायणी नदीमा फसेका २२ जनाको उद्धार, डुब्यो ट्रिपर
नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नदीको बीचमा बाँध बाँधेर नदीजन्य पदार्थ निकाल्ने क्रममा बाँध फुटेपछि उनीहरु फसेका थिए ।
ती मजदुरले निकालेको गिट्टी बालुवा ओसार्न त्यहाँ पुगेको एउटा ट्रिपर डुबेको छ । बाँध फुटेपछि आएको भेलले ट्रिपर डुबेको हो । सशस्त्रको १७ नम्बर गणबाट खटिएको गोताखोरसहितको टोलीले उनीहरुको उद्धार गरेको हो ।
टिप्पणीहरू