गृहमन्त्रीको आम्दानी खुलाउँदै क्रान्तिकारीको सिट्ठी जुलुस

गृहमन्त्रीको आम्दानी खुलाउँदै क्रान्तिकारीको सिट्ठी जुलुस

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सिठ्ठी जुलुस निकालेको छ ।   

बागबजारस्थित क्रान्तिकारीको केन्द्रिय कार्यलयबाट केही बेरअघि नारा जुलुससहित विद्यार्थीहरु सिट्ठी बजाउँदै सडकमा निस्किएका हुन् । र्‍याली शान्तिबाटिकातर्फ लागेको छ ।

क्रान्तिकारीको काठमाडौं महानगर समितिका अध्यक्ष भरत महताराको नेतृत्वमा निस्किएको र्‍यालीमा केन्द्रीय उपाध्यक्ष दिपा जैशी, निर्वाचन समिति उपाध्यक्ष प्रेम तामाङ, बानेश्वर क्याम्पस स्ववियु सभापति भूमि अधिकारीलगायत छन् । त्यसक्रममा उनीहरुले सरकार र गृहमन्त्री लेखकविरुद्ध चर्का नारा लगाए ।

'अखिल क्रान्तिकारी जिन्दावाद', अन्धकारमा राखेर जनता बेच्न पाँइदैन !', अखिल क्रान्तिकारीको एउटै गाग, कसले खायो ५० लाख ?' जस्ता नारा लगाएका विद्यार्थीहरुले अध्यागमनमा सेटिङ मिलाएर गृहमन्त्रीले करोडौँ कुम्ल्याएको भन्दै कटाक्ष गरे । 

दैनिक ५० लाखका दरले मासिक १५ करोड र वार्षिक २ खर्ब गृहमन्त्री लेखकले कमाएको उनीहरुले हिसाब निकालेका हुन् ।


 

टिप्पणीहरू