प्रेमिकाको लागि राजकुमारीको प्रेम प्रस्ताव अस्वीकार

प्रेमिकाको लागि राजकुमारीको प्रेम प्रस्ताव अस्वीकार

स्पेनकी राजकुमारी लियोनरको प्रेम प्रस्ताव अस्वीकर भएको विषयले यतिबेला अन्तराष्ट्रिय सञ्चारमाध्यम गर्माएको छ । लियोनरले हालै एक फुटबलरलाई प्रेम प्रस्ताव राखेकोमा अस्वीकृत भएकी थिइन् । 

बताइएअनुसार उनले स्पेनकै राष्ट्रिय टिमबाट खेल्ने फुटबलर गाभी (पाब्लो पायेज गाभिरिया)लाई प्रेम प्रस्ताव राखेकी हुन् । तर गाभीले भने आफूले माया गर्ने केटी अरु नै रहेको भन्दै प्रस्ताव स्वीकार गरेनन् । 

स्पेनको इतिहासमा राजपरिवारको कुनै युवतीले राखेको प्रेम प्रस्ताव अस्वीकार भएको यो पहिलो घटना हो । उमेरले २१ वर्ष पुगेकी राजकुमारी लियोनर सन् २०२२ को फिफा वर्ल्ड कप हेर्न कतार गएकी थिइन् । त्यतिबेला एउटा खेलमा स्पेनले कोस्टारिकलाई ७-०ले पराजित गरेको थियो । त्यो खेल हेरिरहँदा राजकुमारी लियोनर स्पेनकै टोलीमा रहेका गाभीसँग प्रभावित भएको बताइन्छ ।

उक्त दिन खेल सकिएपछि राजकुमारीले आफ्ना सहयोगी र सुरक्षागार्डमार्फत् गाभीको अटो ग्राफसमेत लिएकी थिइन् । पहिलो देखाभेटमै उनी गाभीसँग एकतर्फी प्रेममा परेको बताइन्छ । 

सन् २०२४ मा स्पेनले युरो कपको उपाधी जितेपछि राजकुमारी लियोनरले गाभीसँग नजिक भएर बोल्ने मौका पाएकी थिइन् । उपाधी जितेको केही दिनपछि स्पेनको राजपरिवारले राष्ट्रि फुटबल टिमका खेलाडीहरुको लागि दरबारमा डिनर भोज राखेको थियो । उक्त डिनर भोजको कार्यक्रम पनि राजकुमारी लियोनरकै योजनामा तय गरिएको स्थानिय सञ्चारमाध्यम ‘पोलिटिको’ले जनाएको छ । 

‘फुटबलर भागीसँग भेट्नकै लागि राजकुमारी लियोनरले दरबारमा डिनर आयोजना गरिन्’, समाचारमा उल्लेख छ । जहाँ उनले गाभीसँग झण्डै एक घण्टा बातचित गरेकी थिइन् । त्यसपछि उनीहरुको घनिष्ठता बढ्दै गएको थियो । त्यसैक्रममा हालै राजकुमारीले प्रेम प्रस्ताव राखेकी हुन् । 

तर गाभीले भने आफू एना प्याला नामकी युवतीसँग प्रेममा रहेको भन्दै राजकुमारीलाई अस्वीकार गरेकाे समाचारमा जनाइएको छ । त्यसो त, लियोनर बेलाबेलामा चर्चामा आइरहन्छिन् । सन् २०२३ मा पनि उनी सेनामा भर्ति भएर चर्चामा आएकी थिइन् । 

स्पेनको इतिहासमा राजपरिवारबाट कहिल्यै कोही सेना नबनेकोमा लियोनरले भने केही वर्ष आफू देशको सेवामा समर्पित हुने भन्दै फौजीमा जोडिएकी थिइन् । त्यतिबेला उनले भनेकी थिइन्, ‘म केही वर्ष देशको सीमा सुरक्षाको अनुभव लिन चाहन्छु, तर म सधैँ यसमा हुनेछैन ।’

टिप्पणीहरू