कमल थापालाई भेट्न पुगेका सांसद प्रहरी नियन्त्रणमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंह पक्राउ परेका छन् । उनलाई काठमाडौँ प्रहरी परिसरबाट नियन्त्रणमा लिइएको हो ।
एक प्रहरी अधिकृतका अनुसार सांसद सिंह अपराह्न पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न त्यहाँ पुगेका थिए ।
सिंहले परिसरभित्रै उत्तेजक अभिव्यक्ति दिएका कारण नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । यससँगै आजको राजावादी आन्दोलनको क्रममा समातिनेको संख्या ८ पुगेको छ ।
टिप्पणीहरू