राजावादी समूहको उपत्यका बन्द फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यका बन्दमा आफ्नो समर्थन नरहेको बताएपछि बन्द घोषणा गरेको संयुक्त जनआन्दोलन समितिले कार्यक्रम फिर्ता लिएको छ ।
समितिका संयोजक नवराज सुवेदीले आजको बन्द फिर्ता लिएको जनाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा हिजोको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेकाले कार्यक्रम फिर्ता लिइएको उल्लेख छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो राति सामाजिक सञ्जालबाट जानकारी गराउँदै बन्दमा आफ्नो पार्टीको समर्थन नरहने जनाएका थिए । उनले बन्द, हडताल जस्ता अलोकप्रिय कार्यक्रममा आफूहरु विपक्षमा रहेको र पक्राउ परेका नेता तथा कार्यकर्ताहरु रिहा भइसकेकाले कार्यक्रम फिर्ता लिइएको उल्लेख गरेका हुन् ।
टिप्पणीहरू