संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रश्न- मज्जा आयो ?

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रश्न- मज्जा आयो ? फाइल फाेटाे

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बोल्न नपाएपछि निराश हुनुभएको छ । प्रतिनिधिसभा बैठकबाट उहाँ झोक्किदै निस्कनुभयो ।

आज ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि कार्यसूचीबाट हटाइएको थियो । त्यसको केही समयपछि प्रधानमन्त्री ओली बैठक हलबाट निस्कदै गर्दा सञ्चारकर्मीले ‘आज बोल्न पाउनुभएन नि !’भनेर प्रश्न गरेका थिए । तर उहाँले भने ‘मज्जा आयो ?’ भनेर प्रतिप्रश्न गर्नुभयो । 

पूर्वनिर्धारित कार्यक्रमका लागि संसदमा पुग्नुभएका प्रधानमन्त्री ओली बोल्न नपाएपछि असहज महशुस गर्दै बैठक हलबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू