आजदेखि देशैभर मनसुन
आजदेखि देशभर मनसुन फैलिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन विस्तार भएको हो ।
यस वर्ष जेठ १५ गते मुलुकको पूर्वी भू–भागबाट मनसुन प्रवेश गरेको थियो । कोशी प्रदेशबाट भित्रिएको मनसुन जेठ २९ गते मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै भू–भागमा फैलिएकोमा आजदेखि देशभर सक्रिय भएको हो ।
नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा प्रवेश गरी एक हप्ताभित्र सबैतिर विस्तार हुन्छ । तर, यसवर्ष सरदर मितिभन्दा १५ दिनअगाडि नेपाल प्रवेश गरेको मनसुनलाई देशैभर फैलिन २३ दिन लागेको छ ।
मनसुन सक्रिय भएसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ ।
टिप्पणीहरू