प्रहरी र वकिलको आँखा छलेर भाग्न खोज्दा

प्रहरी र वकिलको आँखा छलेर भाग्न खोज्दा

म्याद थपका जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएका एक जना प्रतिवादी प्रहरीकै सामुन्ने भाग्न खोज्दा लडेर घाइते भएका छन् ।

काठमाडौँको भद्रकाली,माइतीघर मण्डलास्थित सरकारी वकिल कार्यालयको तेस्रो तल्लाबाट हाम फालेका थुनुवा घाइते भएका हुन् ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार चोरीको मुद्धामा पक्राउ परेका ती थुनुवालाई आज म्याद थप प्रक्रियाको लागि अपराह्न ४ बजेतिर सरकारी वकिलको कार्यालयमा लगिएको थियो । तर, उनले प्रहरी र सरकारी वकिलहरुको आँखा छलेर भाग्नका लागि फाल हाले ।

ती थुनुवालाई ठूलो चोट भने लागेको छैन । ‘भाग्नको लागि तेस्रो तल्लाबाट हाम फाल्दा सामान्य चोट लागेको छ’, एसएसपी अधिकारीले भने, ‘तर भाग्न सकेन,सामान्य उपचारपछि बौद्ध प्रहरी वृत्तको हिरासतमा लगिएको छ ।’
 

टिप्पणीहरू