प्रहरीको हातबाट फुत्किन खोज्दा घाइते
प्रहरीको हातबाट फुत्किन सरकारी वकिल कार्यालयबाट हामफाल्दा एक अभियुक्त घाइते भएका छन् ।
चोरी मुद्दामा समातिएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, काँडाघारी बस्ने रामेछापका २९ वर्षीय मदन बस्नेत घाइते भएका हुन् ।
उनलाई आइतबार पहिलो पटक म्याद थपका लागि प्रहरी वृत्त बौद्धको कमाण्डमा खटिएको टोलीले माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पुर्याएको थियो ।
म्याद थप्ने काम भइरहँदा भाग्ने प्रयासस्वरुप उनले भवनको तेस्रो तल्लाबाट हामफालेका थिए । तर, लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
बस्नेतको देव्रे आँखा, हात र खुट्टामा चोट लागेको छ । प्रहरीको निरीक्षणमा राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको जनाइएको छ ।
टिप्पणीहरू