पचास वकिलसहित माधव नेपाल अदालततिर, चोलेन्द्र हेरेको हेर्यै
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर हुनुहुने भएको छ ।
पतञ्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगायतविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा अदालतबाट म्याद तामेल नहुँदै उहाँ उपस्थित हुन लाग्नुभएको हो ।
यता सर्वोच्च अदालतको आजको संवैधानिक इजलास नबस्ने भएको छ । भूतपूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध लगाइएको महाभियोगसम्बन्धी मुद्दा साप्ताहिक पेशी सूचीमा परेको थियो । सूचीको १ नम्बरमा अपांगता भएको व्यक्तिको मुद्दा उल्लेख छ । आज इजलासै नराखी राणाको मुद्दा सार्न लागिएको छ ।
सामान्यतयाः सोमबार र बुधबार संवैधानिक इजलास बस्ने प्रचलन छ ।
संवैधानिक निकायहरुमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ५२ जनाको नियुक्ति असंवैधानिक दाबी गर्दै दायर मुद्दाको निर्णय सुनाउने (निसु) दिन पनि नजिकिएको छ । यस अघिको निसु दिनलाई पर सार्दै असार १८ गते तोकिएको छ । पहिले निरन्तर सुनुवाई भएको उक्त मुद्दाको निर्णय सुनाउन विलम्ब गरिएको छ ।
टिप्पणीहरू