माधव नेपालको बयान शुरु

माधव नेपालको बयान शुरु

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान शुरु भएको छ ।

विशेष अदालतका सदस्यहरु न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको २ नम्बर इजलासमा अहिले बयान चलिरहेको छ । अध्यक्ष नेपाल आज बिहान अदालतमा उपस्थित हुनुभएको थियो ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा साढे १८ करोड भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दर्ता गरेको थियो । तत्कालीन प्रधानमन्त्री नेपाललाई नीतिगत निर्णयका आधारमा मुद्दा चलाइएको हो ।

पचास वकिलसहित माधव नेपाल अदालततिर, चोलेन्द्र हेरेको हेर्यै


 

टिप्पणीहरू