त्रिशुलीको उर्लंदो भेलमा हेलिएकी साइली बेपत्ता
फाइल फाेटाे
धादिङकी एक महिला त्रिशुली खोलामा फालहालेकी छन् ।
गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले आज बिहान सोही ठाउँस्थित छाङगेश्वर मन्दिर नजिकैबाट नदीमा हाम्फालेकी हुन् । गल्छी गाउँपालिकाको वडा नम्बर १ र ८ जोड्ने झोलुङ्गे पुलबाट फालहालेकी उनी अहिलेसम्म बेपत्ता छिन् ।
साइलीको खोजी भैरहेको प्रहरीले जनाएको छ । त्यसनिम्ति सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिमप्राप्त फौज खटिएको जनाइएको छ ।
टिप्पणीहरू