लुम्बिनीमा उपेन्द्र अर्कोतिर बस्ने

लुम्बिनीमा उपेन्द्र अर्कोतिर बस्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सो पार्टीबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले आज प्रदेश सभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको निवेदन दर्ता गराएकी हुन् । उनले अब उप्रान्त विपक्ष आसनमा बस्ने व्यवस्था मिलाइदिन सभामुख तुलाराम घर्तीमगरलाई आग्रह गरेकी छिन् ।

दर्ता नम्बर १६४९ भएको पत्रमा भनिएको छ,‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम जनता समाजवादी पार्टी, नेपालले वर्तमान लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको यसै पत्रका साथ जानकारी गराउँदछु । साथै, प्रदेश सभाको बैठकमा विपक्ष बेञ्चमा आसन व्यवस्थापनको लागि अनुरोध गर्दछु ।’

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको गत असार ७ र ८ गते बसेको बैठकले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्णयको अधिकार दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको जसपाको ठहर छ ।


 

टिप्पणीहरू