रविको पक्षमा डा.बाबुराम भट्टराई

रविको पक्षमा डा.बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबध्दता जनाउने हुनुभएको छ । उहाँ आज दिउँसो ३ बजे बालाजु,बनस्थलीस्थित रास्वपा कार्यालय जाने कार्यक्रम छ । 

सहकारी काण्डमा अदालतको आदेशपछि जेलमा रहेका पार्टी सभापति रवि लामिछानेलाई छुटाउन रास्वपाले देश तथा विदेशमा हस्ताक्षर तथा सहयोग संकलन अभियान चलाइरहेको छ । न्यायिक प्रक्रियामा रहेको विषयलाई प्रभावित पार्न थालिएको अभियान काठमाडौं, चितवन,ललितपुर,मध्यपूर्वका युएईलगायत देशमा थालिएको हो ।

हस्ताक्षर संकलन अभियान आगामी दुई महिनासम्म प्रत्येक दिन बिहान १० देखि साँझ ५ बजेसम्म हुने बताइएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले पार्टी स्थापनाको तेस्रो वर्षको अवसर पारेर गत सातादेखि यो कार्यक्रम थालेको हो ।

टिप्पणीहरू