युद्धमा मारिएकाको राजकीय सम्मानका साथ अन्त्येष्टि, इरानमा सार्वजनिक बिदा

इजरायलको आक्रमणमा मारिएका ६० जना इरानीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । १२ दिनको युद्धमा आफ्ना उच्च सैन्य कमान्डरसहित छ सय २७ जना मारिएको इरानले जानकारी दिएको छ ।
तीमध्ये उच्च सैन्य कमान्डरसहित आणविक वैज्ञानिक, महिला तथा बालबालिका गरी ६० जनाको हिजो राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिजो इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी, इस्लामिक रेभुलसनरी गाड्र्सका प्रमुख होसेन सलामी, आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्चीलगायतको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टि समारोहमा राजधानी तेहरानमा ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए । केहीलाई राजधानीमा र केहीलाई उनीहरुको गृहनगर पुर्याइएको छ । राजकीय अन्त्येष्टिका लागि हिजो सार्वजनिक बिदा दिइएको थियो ।
टिप्पणीहरू