निगमको वार्षिकोत्सवमा फुटबल प्रतियोगिता
नेपाल वायुसेवा निगमद्धारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
आफ्नो ६७ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको निगमले जनाएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा आयोजित प्रतियोगितामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित उच्च पदाधिकारी तथा कर्मचारीहरु सहभागी भएका थिए ।
निगमका अनुसार प्रतियोगितामा पुरुष, महिला कर्मचारी तथा एक्जिक्युटिभ टिमहरुबीच छुट्टाछुट्टै खेल सञ्चालन गरिएको थियो । एक्जिक्युटिभ टिमको खेलमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले सक्रिय सहभागिताका साथ फुटबल खेलेको जनाइएको छ ।
साथै, सहभागीहरुले खेलमा भावना, अनुशासन र सहकार्यको उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई अझ आकर्षक, रोमाञ्चक र यादगार बनाएको निगमको भनाइ छ । निगमले आगामी दिनमा पनि आफ्ना कर्मचारीको कल्याण, एकता र स्वस्थ जीवनशैली प्रवद्र्धनका निम्ति यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताएको छ ।
टिप्पणीहरू