सिंहदरबार पुगे एलिना र समीक्षा

सिंहदरबार पुगे एलिना र समीक्षा

गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखसँग भेट गरेका छन् ।

उनीहरुले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर समाजिक सञ्जालमा आफूले भोगिरहेको समस्याबारे जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमा अश्लिल टिप्पणी गर्नेहरुको फोटो र नाम सार्वजनिक गर्ने अभियान चलाएकी एलिनाले हिजो प्रहरीको साइबर ब्युरोमा पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन् । उनले दुई हप्ता सांगीतिक यात्राबाट विश्राम लिएर कानुनी लडाइँ लड्ने उदघोष समेत गरिसकेकी छन् ।

उता समीक्षाले पनि आफूमाथि अश्लिल टिप्पणी गर्नेहरुको नाम र फोटो धमाधम सार्वजनिक गरिरहेकी छन् । दुबै गायिका अश्लिल टिप्पणी गर्नेहरुविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेपछि अन्य कलाकारले समेत सोही उपाय अपनाउन थालेको देखिन्छ ।

टिप्पणीहरू