महानगरद्धारा पानीको जार जफत
काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत प्रयोगमा रहेका खानेपानीका जार जफत गरेको छ ।
महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागद्धारा आज गोंगबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी ४४ वटा जार नियन्त्रणमा लिएको हो । प्रशोधित पानी बोक्ने २८ वटा सवारीसाधन निरीक्षण गर्दा यस्तो बदमासी फेला परेको महानगरले जनाएको छ ।
बर्खा लागेसँगै पानीजन्य जोखिम घटाउन महानगरले पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको अनुगमन थालेको छ । साथै, सम्बन्धित पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत जारको बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ ।
टिप्पणीहरू