मुक्ति समाजका ८ जना एमालेबाट मुक्त

मुक्ति समाजका ८ जना एमालेबाट मुक्त

नेकपा एमालेको जनसंगठन मुक्ति समाजका तीन केन्द्रीय सदस्यसहित आठ जनाले संगठन परित्याग गरेका छन् । 

सातौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेड विपरित नेतृत्वले एकलौटीरूपमा कार्यविभाजन गरेको भन्दै उनीहरुले विज्ञप्तिमार्फत संगठनको सम्पूर्ण जिम्मेवारी छोडेको घोषणा गरेका हुन् । समाजका केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै उनीहरुले लेखेको संयुक्त राजीनामा पत्रमा कार्य विभाजनप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ । 

राजीनामा दिनेहरुमा मुक्ति समाजका केन्द्रीय सदस्य तथा पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी बिक, सत्यराज स्नेही, प्रदेश कमिटी सदस्य बलभद्र दयाल र लाल बहादुर विश्वकर्मा छन् । त्यस्तै, संगठनको सदस्य रहेका पार्टी जिल्ला कमिटी सचिवालय सदस्य प्रेम भूल, हंस नेपाली, जिल्ला कमिटी सदस्य रमेश तिरुवा र दिनेश दिनेश नेपालीले पनि जिम्मेवारी छोडेका छन् ।  

सुन्दर जैरु, शिला मिजार र कलावती लावडले पनि पद छोड्ने निर्णयमा साथ दिएका छन् । एकलौटी रुपमा गरिएको कार्यविभाजन नसच्याएसम्म कुनै पनि जिम्मेवारीमा नफर्किने उनीहरुको चेतावनी छ ।

'इञ्चार्ज र अध्यक्षको एकलौटी, स्वेच्छाचारी, अधिनायकवादी शैली रहेको अत्याधिक पदाधिकारी सदस्यको समेत बुझाइ रहेको व्यहोरासमेत पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दै यो राजीनामा पेश गरेका छौं', पत्रमा खुलाइएको छ ।

टिप्पणीहरू