विद्युतीय व्यापारीलाई सूचीकृत हुन साउन २ को म्याद

विद्युतीय व्यापारीलाई सूचीकृत हुन साउन २ को म्याद

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यापार गर्नेहरुलाई दर्तामा आउने सूचना गरेको छ । विद्युतीय माध्यम (ई–कमर्श) मार्फत वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई सूचीकृत हुन भनिएको हो । 

विभागले आज सूचना जारी गर्दै विद्युतीय व्यापार गरिरहेका वा नयाँ शुरुवात गर्ने व्यवसायीलाई आफ्नो प्लेटफर्म तयार पारेर सूचीकृत हुन भनेको छ । 

सूचना प्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोबारलाई नियमन र व्यवस्थित बनाउन विद्युतीय व्यापार (ई–कमर्श) ऐन, २०८१ गत चैत ३ गते राजपत्रमा प्रकाशित भएकोमा वैशाख २ गतेदेखि लागू भएको छ । 

जसअनुसार ऐन लागू हुन पहिलादेखि विद्युतीय व्यापार गरिरहेका व्यवसायी तीन महिनाभित्र वाणिज्य विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने र नयाँ व्यवसायीले पनि सूचीकृत भएर मात्र व्यवसाय गर्नुपर्ने व्यवसाय छ । 

विभागले विद्युतीय व्यापार गरिरहेका व्यवसायीलाई साउन २ गतेभित्र सूचीकृत हुनका लागि आवश्यक कागजातसहित निवेदन पेश गर्न जनाएको छ ।

टिप्पणीहरू