मोटरसाइकल दुर्घटनामा हेडसरको निधन, पहिरोमा दिदीबहिनी
मकवानपुरमा भएको मोटरसाइहल दुर्घटनामा एकजना प्रधानाध्यापकको निधन भएको छ । राक्सिराङ गाउँपालिका ९, अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।
हेटौँडा उपमहानगपालिका १०, राप्तीरोडको बुद्धचोकबाट थानाभ¥याङतर्फ जाँदै गरेको ना.४३प ४५१५ नम्बरको मोटरसाइकल गएराति ११ः२० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धनुषा जनकपुर ४ का स्थायी बासिन्दा झाको उपचारको क्रममा हेटौँडा अस्पतालमा निधन भएको हो ।
प्रधानाध्यापक झाको निधनमा गाउँपालिका कार्यालयले पालिकाभित्रका शैक्षिक संस्थामा आज शोक बिदा दिएको छ ।
गाउँपालिकाको अध्यक्षस्तर निर्णयबाट शुक्रबार एक दिन गाउँपालिकाअन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाहरुमा शोक बिदा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतद्वारा जारी सूचनामा भनिएको छ । धनुषा जनकपुर–४ का झाको बिहीबार राति मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा मृत्यु भएको हो ।
उता जाजरकोटको कुशे गाउँपालिका ३, तर्पेनामा पहिरोसहित खसेको ढुङ्गा लागेपछि दिदीबहिनीको मृत्यु भएको छ । टिनको टहरोमा सुतिरहेका बेला गएराति नरबहादुर बुढाकी १६ वर्षीया छोरी चन्द्रा बुढाको घटनास्थलमै मृत्यु भएको हो । २० वर्षीया शर्मिला बुढाको प्राथमिक स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएकोे बताइएको छ ।
टिप्पणीहरू