प्रधानमन्त्री एअरपोर्टबाट नबाेली बाहिर

प्रधानमन्त्री एअरपोर्टबाट नबाेली बाहिर

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किनुभएको छ । ६ दिने औपचारिक भ्रमण सकेर साँझ काठमाडौँ ओर्लनुभएका प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सहभागी नभई बाहिरिनुभयो । 

सामान्यतया विदेश भ्रमणबाट फर्किएपश्चात एयरपोर्टमा पत्रकार सम्मेलन गर्ने पुरानो अभ्यास रहे पनि प्रधानमन्त्री ओली भने सिधै बालुवाटार प्रस्थान गर्नुभएको हो । भ्रमणबारे परराष्ट्र सचिव अमृत राईले संक्षिप्त ब्रिफिङ गरेका छन् । 

स्पेन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले इजिप्ट र पोर्चुगलका समकक्षी, संयुक्त राष्ट्रसँघका महासचिव एन्टेनियो गुटेरेस, स्नोनियाका राष्ट्रपतिसहित विभिन्न देशका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्नुभएको जानकारी गराइयो ।

टिप्पणीहरू