राज्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिन लागेका छन् । आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउने तयारी छ ।
अघिल्लो हप्ता सुदूरपश्चिम प्रदेश सरकारसँगको खटपट बढेपछि नाउपाले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । शुक्रबार एक नेताले जनआस्थासँग भनेका थिए, ‘भरे-भोलीमा संसदीय दलको बैठक बस्दैछ, त्यसपछि बाहिरिने औपचारिक निर्णय हुन्छ ।’
पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको सहमतिमै नाउपा सरकार छोड्ने निर्णयमा पुगेको हो । आजै संसद सचिवालयलाई समर्थन फिर्ताबारे जानकारी गराउने तयारी छ ।
टिप्पणीहरू