हजार रुपैयाँमा रविका निम्ति हस्ताक्षर संकलन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाअन्तर्गत भैरहवा कारागारमा छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनी उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले दिएको पुर्पक्षका निम्ति थुनामा पठाउने आदेशले जेल पुगेका हुन् ।
तर, रास्वपाले भने सहकारीमा भएको जनताको अर्बौं रुपैयाँ ठगिएको विषयलाई राजनीतिक प्रतिशोधको नाम दिइरहेको छ । अदालतको आदेशले जेल पुगेका उनलाई छुटाउनका निम्ति रास्वपाले देश–विदेशमा हस्ताक्षर तथा सहयोग संकलन अभियान चलाइरहेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयसहित मुलुकका विभिन्न स्थानमा रविको फोटोसहितको ब्यानर टाँगेर रास्वपाका कार्यकर्ताले हस्ताक्षर संकलन गरिरहेको छ ।
हस्ताक्षर संकलन गर्न घर घरमा जाने पनि उत्तिकै छन् । न्यायिक प्रक्रियामा रहेको विषयलाई प्रभावित पार्न सो अभियान चलाएको भनी विरोध भइरहँदा रास्वपाले गाली खाने अर्को काम गरेको छ । मानसिक रुपमा स्वास्थ्य अवस्था ठीक नभएकालाई समेत केही पैसा दिएर हस्ताक्षर संकलन अभियानमा खटाएको पाइएको छ । जुन भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । रिलिप तामाङ्ग नाम बताउने उनले हस्ताक्षर संकलन गरेबापत दैनिक एक हजार रुपैयाँ पाइने जनाएका छन् । मानसिक रुपमा अस्वस्थ उनलाई हस्ताक्षर अभियानमा खटाएपछि रास्वपाको चर्को विरोध भइरहेको छ ।
रिलिप तामाङ्ग नाम बताउने उनले हस्ताक्षर संकलन गरेबापत दैनिक एक हजार रुपैयाँ पाइने जनाएका छन् । मानसिक रुपमा अस्वस्थ उनलाई हस्ताक्षर अभियानमा खटाएपछि रास्वपाको चर्को विरोध भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता माधव खतिवडाले स्वास्थ्य अवस्था ठीक नभएका उनलाई उपयोग गरेकोमा आपत्ति जनाएका छन् । ‘गोले गोले भनिने यी भाइ पोखरामा बस्छन् । बा–आमाको घर हेटौंडा बताउने यी भाइ मानसिक रुपमा पूर्ण स्वस्थ छैनन् । टिकटकमा गोले भनेर लाइभ बस्ने यी भाइ मेला महोत्सव र नारा जुलुसहरुमा अग्रपंक्तिमा देखिने गर्दछन्’,उनले लेखेका छन्,‘यी भाइलाई पोखरामा हुने सभा गोष्ठीहरुमा लिपिक्क कहिले गुरुङ्ग ड्रेसमा कहिले केमा देखिन्छन् देखिन्छन् भन्दा पनि उपयोग गरिन्छन् । स्वास्थ्य हिसाबले एबनर्मल भएकाले यी भाइलाई ट्रोल नगर्न नगराउन सम्पूर्णमा सादर अनुरोध गर्दछु ।’
सुशीला भट्टराईले घण्टीको बिजोग भन्दै रास्वपाको खिल्ली उडाएकी छन् । लेख्छिन्,‘कठै,बिजोक छ घण्टेहरुको ।’ सुन्दर सापकोटाले उनलाई घण्टेका होनहार कार्यकर्ता भन्दै व्यङ्ग्य गरेका छन् । ‘घण्टेका होनहार कार्यकर्ताहरु’,उनले भनेका छन् ।
टिप्पणीहरू